You are viewing the translated version of पुनरावेदनपत्रमा खुलाउनुपर्ने कुराहरू.

Section 21
पुनरावेदनपत्रमा खुलाउनुपर्ने कुराहरू
(१) अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ग. बमोजिम अदालतमा पुनरावेदनपत्र दायर गर्दा त्यस्तो पुनरावेदनपत्रमा नियम ११ मा उल्लेख भएका कुराहरूका अतिरिक्त देहायका कुराहरू पनि खुलाउनु पर्नेछ:-
(क) निर्णय गरिएको विषयवस्तु,
(ख) निर्णय भएको मिति,
(ग) निर्णयमा असुल उपर गर्न लेखिएको बिगो वा दुरुपयोग वा दुष्परिणाम सच्याउन गरिएको कारबाही,
(घ) आयोगले गरेको निर्णयमा चित्त नबुझेका कुराहरू, त्यसको कारण, प्रमाण र पुनरावेदनपत्रमा माग गरेको विषय,
(ङ) पुनरावेदन कुन कानून अन्तर्गतको हो भन्ने विवरण,
(च) जरिबाना वा अन्य कुनै रकम बुझाएको भए कहिले, कहाँ बुझाएको हो, त्यसको प्रमाण,
(छ) पुनरावेदन गर्ने म्याद सम्बन्धी विषय,
(ज) अधिकारसक्षेत्र सम्बन्धी विषय।
(२) उपनियम (१) बमोजिमको पुनरावेदनपत्र अनुसूची-५ बमोजिमको ढाँचामा तयार गरेको हुनु पर्नेछ।